लता जीले विश्वभरका नेपालीहरुको मन छोएकी छिन्

फुल भन्छ फुली रहु, जुन भन्छ चमकी रहु
फुल भन्छ फुली रहु, जुन भन्छ चमकी रहु
मन त भन्छ सबाइ सँग माया मोह राखी रहु बच्चुञ्जेललाई, बच्चुञ्जेललाई

माथि दिइएको लिरिक्स ‘बच्चुञ्जेललाई’ गीतको हो जसलाई लता मंगेशकर र रामकृष्ण ढकालले स्वर दिनु भएको थियो ‘बच्चुञ्जेललाई’ लाई आनन्द अधिकारीले लेखेका हुन् भने संगीत शिकार सन्तोषले दिएका हुन् ।

९२ वर्षको उमेरमा निधन भएकी चर्चित गायिकाले धेरै नेपाली गीत पनि गाएकी छिन्। उनी भारतमा मात्रै नभई विश्वभरका मानिसहरूले उनको सुन्दर आवाजको प्रशंसा गर्छन्। ‘नाईटेङ्गल अफ् इण्डिया’ भनेर चिनिने लता जीले साँच्चै धेरै मानिसहरूको मनलाई छोएकी छिन्। उनी बॉलीवुडमा  धेरै नयाँ गायक र संगीतकारहरुको प्रेरणा थिए। उनको प्रतिभासँग कोही पनि तुलना गर्न सक्दैन र कसैले उनको अनुकरण गर्न सके ति गायक अथवा गायिका संगीत क्षेत्रमा धेरै सफल हुन् जान्छन्।

उनले ‘माइती घर ‘ फिल्म को गीत ‘जुन माटोमा मेरो’ लाई पनि आफ्नो स्वर दिएकी थिइन जसलाई त्यस समयको नेपाली राजा महेन्द्र बीर बिक्रम शाह देवले लेखेका थिए।

२०२२  को सरस्वती माताको विसर्जनको दिन उनको निधनले साँच्चैनै उनको स्वरमा  सरस्वती माताले स्वयम बास गर्नु भएको पुष्टि गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *