रोजगारी उपलब्ध गराउने उद्देश्यले ९ दिने कार्यशालाको आयोजना

पहाडी वन क्षेत्रमा बसोबास गर्ने बेरोजगार युवाहरूलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले गोरखा प्रादेशिक प्रशासनको वन विभागले ९ दिने कार्यशाला आयोजना गरेको छ। जीटीएका प्रमुख कार्यकारी अधिकृत अनित थापाले बुधवार सिलगढीको शालबारी क्षेत्रको एक होटलमा कार्यशालाको औपचारिक उद्घाटन गरे।आजबाट सुरु भएको यो कार्यशाला फागुन २३ गतेसम्म चल्नेछ ।

यस कार्यशालामा दार्जिलिङ र कालिम्पोङ जिल्लाका वन क्षेत्र छेउछाउका क्षेत्रमा बसोबास गर्ने करिब १५० युवा पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो । यहाँ कम्प्युटर, हस्पिटालिटी, ब्यूटिफिकेशन कोर्स, हस्तकला, ​​खाद्य प्रशोधन आदि विषयमा तालिम दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *