रेडक्रसले कोभिड खोपका लागि ११ करोड डलर दिँदै

अन्तर्राष्ट्रिय रेडक्रसले गरिब देशहरूलाई कोरोनाभाइरसको खोपमा सघाउनेबारे आफ्ना योजना सार्वजनिक गरेको छ।खोपमा विश्वको ठूलो हिस्साको पहुँच नभए कोरोनाभाइरस फैलिने क्रम जारी रहने उसले चेतावनी समेत दिएको छ।

एघार करोड डलर बराबरको योजना सबैभन्दा बढी जोखिममा रहेका समुदायहरूप्रति लक्षित छ।गरिब देशहरूलाई कोरोनाभाइरस खोपका लाखौँ मात्रा उपलब्ध गराउने कार्यक्रम रहेको विश्व स्वास्थ्य सङ्गठनलाई रेडक्रसले बन्दोबस्तीका सामानमा सहयोग गर्नेछ।

खोप सुरक्षित रहेको कुरामा विश्वास दिलाउन र गलत सूचनाविरुद्ध लड्ने कार्यमा पनि रेडक्रसले सघाउनेछ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *