राप्ती नगरपालिका स्थित चिउडे खोला भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ मा आंमपानी स्थित चिउडे खोला भन्ने स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुर्घटनामा परी मृत्यु हुनेमा राप्ती न.पा. ५ बस्ने बर्ष ३५ का खड्क लामा, खैरहनी न.पा. ९ बस्ने बर्ष ४० का मगन महतो, राप्ती न.पा. ४ बस्ने बर्ष ४५ का सिताराम श्रेष्ठ, खैरहनी न.पा. ९ बैरहनी बस्ने बर्ष ५० की छनिया महतो र नाम बतन नखुलेका अन्दाजी बर्ष २४÷२५ वर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतक मध्ये छनियाको भरतपुर अस्पतालमा र अन्यको पुरानो मेडिकल कलेजमा उपचार हुदाहुदै मृत्यु भएको हो । राप्ति नगरपालिका वडा नम्वर ११ को वडा कार्यालय भवनको ढलान गरि फर्कने क्रममा मजदुर वोकेको टेक्टर दूर्घटनमा परेको हो । घाइत १९ जनाको जिल्ला स्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
ट्रयाक्टर चालक खैरहनी न.पा. ७ मझुही बस्ने बर्ष २६ का राजन चौधरी, रौतहट मधुनारायण न.पा. १ बस्ने बर्ष २२ का पप्पु महरा, चितवन खैरहनी न.पा. ९ बस्ने बर्ष २५ की मन्जु चौधरी, खैरहनी न.पा. ९ बस्ने बर्ष २१ की सरिता चौधरी, बारा सिम्रनगढ न.पा. ५ बस्ने बर्ष २१ को अबधेस पासबान, बारा सिम्रनगढ न.पा. ८ बस्ने बर्ष २३ का शिबजी कुमार राम, रौतहट दिबिही बस्ने बर्ष १९ का अरुण राम , बारा बुद्दगाँउ न.पा. ८ बस्ने बर्ष २० का बिराज चौधरी, मकबानपुर सिलिङे गा.पा. ६ बस्ने बर्ष २५ का दानिर प्रजा रहेका छन् ।
त्यस्तै मकबानपुर कान्द्राङ गा.पा. ४ बस्ने बर्ष २० का रङलाल प्रजा, बारा कचौराहा गा.पा. ८ बस्ने बर्ष २७ का राम आधार राम, रौतहट दिपहि न.पा.१ बस्ने बर्ष २४ का नागेश्बर चमार, मकबानपुर राक्सिराङ गा.पा. २ बस्ने बर्ष ४२ का अजय सिंजाली, रौतहट दिपही न.पा. २ बस्ने बर्ष १४ को नितेस राम , राप्ती न.पा. ४ बस्ने बर्ष ४५ को सुर्य ब. श्रेष्ट (गम्भिर), .राप्ती न.पा. ४ बस्ने बर्ष ३० का निर ब. श्रेष्ठ (गम्भीर), नाम थर बतन नखुलेको बर्ष २८ को पुरुष दूर्घटनामा घाइते भएका छन् । उनिहरुको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । यस्तै घाइते बारा कोल्बी न.पा. ५ बस्ने बर्ष ३२ का प्रभु कुमार रामको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर छ । दूर्घटनामा घाइते भएका मकबानपुर राक्सीराङ गा.पा. ७ बस्ने बर्ष २४ का रमन चेपाङको अबस्था गम्भिर छ उनको चितवन मेडिक कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घटनामा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आइतवार साझ थाकलटारबाट भण्डारा तर्फ आउदै गरेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सुर्यवहादुर थापाले जानकारी दिनुभयो ।
साझ ७.३० वजे भएको सो दूर्घटना टेक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दूर्घटनाका घाइते मध्ये केहीको अवस्था जसमा केहिको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
दूर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । यक्षमता भन्दा वढी मान्छे रहेकाले दूर्घटना भएको वताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *