म्यान्मारमा सैनिक सरकारको हिंसात्मक दमन : एकैदिन ३८ प्रदर्शनकारी मारिए

म्यान्मारमा सैनिक सरकारको विरोधमा बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन् । मृतकको संख्या स्वतन्त्र रुपले पुष्टि नभएकाले अझ बढ्न सक्ने बताइएको छ ।

करिब एक महिनाअगाडि सेनाले ‘कु’मार्फत सत्ता हत्याएपछि बुधबारको प्रदर्शनमा सुरक्षाकर्मीले व्यापक दमन गरेको हो । म्यानमारका लागि संयुक्त राष्ट्रसंघकी दूत क्रिस्टिन श्रेनरले विभत्स दृश्यहरु सार्वजनिक भइरहेको बताएकी छिन् । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि खुलेआम गोली चलाइरहेका छन् ।

म्यान्मारमा फेबु्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले लोतन्त्रवादी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *