मुम्बई इन्डियन्सको पहिलो जित आईपीएलमा

  मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । जवाफमा आएको कोलकाताले ९ विकेट गुमाई १ सय ४६ रनमात्र बनाउन सक्यो । दुई पटकको विजेता कोलकाताले सन् २०१४ यता उपाधि जित्न सकेको छैन । गत सिजन मुम्बईले चेन्नईलाई १ रनले पराजित गरी चौथोपल्ट उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *