मुख्यमन्त्री ममता बनर्जी मंगलबार अलिपुरद्वार जिल्लाको हसिमारामा विशेष विमानबाट अवतरण गरिन्। उनीसँगै तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जी पनि पुगेका छन् । उनले हसिमारास्थित सुभाषिनी चिया बगानको गिरजा लाइनका खाँचोमा परेका श्रमिक परिवारलाई न्यानो कपडा उपलब्ध गराए । यस क्रममा मुख्यमन्त्रीलाई स्वागत गर्न स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । यहाँ यो चिसो जाडोमा मुख्यमन्त्री र तृणमूल कांग्रेस महासचिवको आगमनसँगै डुअर्सको राजनीतिक वृत्तमा न्यानोपन आएको छ । अर्कोतर्फ, पञ्चायत निर्वाचनअघि उत्तर बङ्गालको ग्रामीण क्षेत्रमा मुख्यमन्त्रीको आगमनले पक्कै पनि विशेष महत्व राखेको राजनीतिक जानकारहरू बताउँछन् ।
Related Posts
सञ्जय राउतको राहुल गान्धीप्रति कटाक्ष
- Editor
- January 31, 2022
- 0
शिवसेना सांसद सञ्जय राउतले कांग्रेस पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष राहुल गान्धीलाई निशाना बनाएका छन् । राउतले भनेका छन् कि यदि कोही साँचो हिन्दुत्ववादी भएको भए […]
म अनुच्छेद 370 को पुनर्स्थापनाको वाचा गर्दिन: जीएन आजाद
- Editor
- September 11, 2022
- 0
पूर्व वरिष्ठ कांग्रेस नेता, गुलाम नबी आजादले आइतवार भने कि उनले अब आफ्नो नयाँ राजनीतिक एजेन्डामा अनुच्छेद 370 को पुनर्स्थापना गर्ने वाचा गरेका छैनन् किनभने […]
पासवानको पार्टी दुई भागमा विभक्त
- Editor
- October 6, 2021
- 0
दलित राजनीतिको ठूलो अनुहार रामविलास पासवानको विरासत उनको मृत्युको एक वर्षपछि नै विभाजित भएको छ । निर्वाचन आयोगले लोक जनशक्ति पार्टीका दुई गुटहरुलाई छुट्टै दलको […]