२०१९ मा मिस युएसएको उपाधि जितेकी अमेरिकी सुन्दरी चेस्ली क्रिस्टले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । उनले मृत्युभन्दा पहिले इन्स्टाग्राममा एउटा पोस्ट लेखेकी थिइन् । चेस्लीले मानसिक स्वास्थ्यका विषयमा लगातार आफ्नो कुरा राखिरहन्थिन् ।
मिडिया रिपोर्टअनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटको समयमा म्यानहट्टनमा संदिग्ध रुपमा आत्महत्या गरेकी हुन् । ६० तले ओरियल बिल्डिङमा उनको ९ औं तलामा अपार्टमेन्ट थियो । उनलाई पछिल्लो पटक बिल्डिङको २९ औं तलामा देखिएको थियो ।
२०१९ मा चेस्लीले नर्थ क्यारोलिनाको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको उपाधि जितेकी थिइन् । उनी मोडलिङका साथै पेशाले वकिल पनि थिइन् । उनले नर्थ र साउथ क्यारोलिनामा वकालतको अभ्यास पनि गरिरहेकी थिइन् । उनी सोसल र क्रिमिनल स्टिस पुनर्संरचनाको पक्षधर थिइन् ।
२०१९ मा मिस अमेरिका बनेपछि चेस्ली एक्स्ट्रा नामको शोकी रिपोर्टर पनि बनेकी थिइन् । उनी मानसिक स्वास्थ्यबारे मुखर थिइन् र उनले यसबारेमा कैयौं अन्तरवार्तामा बोलिसकेकी थिइन् । मृत्युभन्दा पहिले उनले इन्स्टाग्राममा ‘यो दिनले तपाइँको लागि आराम र शान्ति ल्याओस्’ भनेर लेखेकी थिइन् ।
पुलिसले उनको घरमा सुसाइड नोट पनि फेला पारेको छ । नोटमा उनले आफ्ना सबै कुरा आफ्नी आमा अप्रिल सिम्पकिन्सको नाममा गरिदिन भनेकी छिन् । उनले आत्महत्या किन गरिन् भन्ने कुरा भने नोटमा लेखेकी छैनन् ।
उनको लिंक्डइन प्रोफाइलको बायोमा उपलब्ध जानकारी अनुसार उनले वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ ल इन विन्स्टन सलेमबाट अध्ययन गरेकी थिइन् । उनले ग्रयाजुएसन युनिभर्सिटी अफ साउथ क्यारोलिनाबाट गरेकी थिइन् ।