महिला हिंसा र दण्डहीनता अन्त्यका लागि सिंहदरबार महिला मार्च

न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *