महामारीको चपेटामा परेको भारतलाई विश्वको सहयोग

दोस्रो लहरका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्यसामग्री तथा औषधि सहयोगको वाचा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उहाँले भन्नुभएको छ ।

यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *