मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

 ‘ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,’ कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे ।

श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,’हजुर हो’। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि अर्को विषय निकाल्दै मनोजसँग एकतर्फी बोलिरहे । मनोजलाई भने भित्रभित्रै लागिरहेको थियो, ‘धेरै नबोलिदिए हुन्थ्यो’ । अस्पतालको शय्यामा घोप्टो परेर त कहिले कोल्टे फेर्दै श्वाससँग संघर्षरत उनलाई बोल्न पनि श्वासकै अभाव थियो त्यो समय ।

मनोजका दाइ धिरेन्द्र एयरपोर्टमा काम गर्छन् । असोज २७ मा दाइलाई ज्वरोले च्याप्यो । सामान्य ज्वरो ठाने परिवारका सबैले । केहि दिनपछि बोकेर क्लिनिकसम्म पुर्‍याउनुपर्ने भयो । अस्पताल ल्याउने पुर्‍याउने क्रम १ हप्ता चल्यो । धिरेन्द्रलाई धेरै नै गाह्रो भएपछि दुवैले स्टार अस्पतालमा कोरोना परीक्षण गरे ।

रिपोर्ट आउनु अगावै कोरोनाको लक्षण ठम्याइसकेका थिए दुईले। नतिजा अपेक्षित नै आयो । ‘कालो प्लास्टिकमा बेरेर सेता लुगा लगाएकाले गहिरो खाल्डोमा लात्ताले हान्ने भयो’ रिपोर्ट आउनसाथ झट्ट मनोजको दिमागमा यी दृश्य नाचेको थियो । दीर्घ रोग नभएको व्यक्तिलाई कोरोनाले गाह्रो पार्दैन भन्ने सुनेका हुनाले एक मनमा ढुक्क पनि भए । निको हुन्छु भन्ने भावले मर्छु कि ! भन्ने कल्पना हटाइदियो ।

दुई दाजुभाइले सावधानी अपनाएर घरमै आइसोलेसनमा बस्ने निधो गरे । घरको एउटा कोठामा धिरेन्द्र, अर्को कोठामा भाउजू । मनोज पनि भिन्नै कोठामा आइसोलेसनमा बस्न थाले । छोराछोरी पनि अर्को कोठामा बस्थे । भाउजूलाई एकदिन ज्वरो बाहेक परिवारका अन्य चार सदस्यमा खासै लक्षण देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *