भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोना खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन् । मोदीले ट्विटरमा लेखेका छन्, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’

उनले कोरोना खोप लगाउन योग्य सबैलाई खोप अभियानमा सहभागी हुन पनि उनले आग्रह गरेका छन्, ‘आऔँ सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाऔँ ।’

भारतमा सोमबारदेखि वरिष्ठ नागरिक, गम्भीर बिरामी र ४५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई कोरोना खोप लगाइँदैछ । पहिलो चरणमा सरकारी केन्द्रमा मात्र कोरोना खोप लगाइन्थ्यो । अब भने भारतमा निजी अस्पतालमा पनि कोरोना खोप उपलब्ध हुनेछ । त्यसका लागि नागरिकले आफै शुल्क तिनुपर्नेछ ।

दस हजार सरकारी अस्पतालमा कोरोना खोप नि:शुल्क लगाइनेछ । तर २० हजार निजी अस्पतालमा भने शुल्क लिएर खोप लगाइनेछ । एक डोजका लागि २५० रुपैयाँसम्म शुल्क लिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *