भारतलाई नेपालको जवाफ : कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक

 जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’

पत्रमा अगाडि लेखिएको छ, ‘ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *