भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ ।
Related Posts
विशेष सुरक्षा कार्ययोजनाः दशैँ मनाउन घर जानेहरूलाई प्रहरीका के छन् सुझाव
- Editor
- October 11, 2021
- 0
नेपाल प्रहरीले मुख्य चाड दशैँ र तिहारलाई ध्यानमा राखी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ। दशैँको चहलपहल शुरू हुने नवरथादेखि सुरक्षा कार्ययोजना लागु गरिएको […]
नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार
- Editor
- April 6, 2021
- 0
बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन्। आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र […]
होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’
- Editor
- August 25, 2020
- 0
दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना ।भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । तर, यस्तो […]