भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ।

स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्। यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्। तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन्। पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ। त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *