भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ

पछिल्लो चौबीस घण्टामा महामारी सुरु भए यताकै एकैदिनमा सबैभन्दा बढी तीन हजार २९३ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै कोरोना भाइरसबाट भारतमा हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख एक हजार १८७ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ६० हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ । मङ्गलबार १७ लाख २३ हजार ९१२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये तीन लाख ६० हजार ९६० जना नयाँ सङ्क्रमितको पहिचान भएको सामाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । भारतले हालसम्म २८ करोड २७ लाख तीन हजार ७८९ नमूनाको परीक्षण गरेको छ । हालसम्म एक करोड ७९ लाख ९७ हजार २६७ जना भारतमा सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई लाख ६१ हजार १६२ जना सङ्क्रमित निको भएका छन् । हाल २९ लाख ७८ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *