शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । शुक्रबार ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५ मास्क , पिपिई लगायतका सामग्री ल्याईएको नेपाली सेनाले जनाएको छ । त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ । नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग आदन प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री आएको र भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए । सेनाका ती सामग्री शनिवार रुपन्देही भित्रिएको र त्यहाँबाट काठमाडौं पठाउने जानकारी आफूले पाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
Related Posts
इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।
- Editor
- May 20, 2021
- 0
शनिवार इजरेलले प्रहार गरेको बम गाजा सहरको अल ह्विदा सडकमा बज्रिँदा अल-कावालेक परिवारका कम्तीमा १३ सदस्य आफ्नै घरमा पुरिएर मरेको बताइन्छ। तीमध्ये धेरै बालबालिका थिए […]
क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका लागि गरे १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम
- Editor
- September 2, 2021
- 0
विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्याएका छन्। उक्त खेलमा पोर्चुगल २-१ ले नाटकीय रूपमा […]
SUCI ले लखीमपुर मा किसानहरुको मृत्यु को घटना को बिरुद्ध एक र्याली निकाली
- Editor
- October 5, 2021
- 0
उत्तर प्रदेशको लखीमपुरमा किसानको मृत्युको घटनाको बिरुद्ध एसयूसीआईले आन्दोलनलाई तिव्र बनाएको छ। म मंगलवार, संगठनका सदस्यहरूले मृतक किसानहरुको आत्माको शान्ति को लागी सिलीगुड़ी अदालत को […]