भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकैदिन भारतमा पहिलो पटक २ लाखभन्दा बढीलाई कोरोना देखिएको थियो । बुधबार भारतमा २ लाख ७ सय ३९ लाई कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ३८ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको हो । भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *