भारतको असममा ६.४ रेक्टर स्केलको भूकम्प

भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसपछि ७:५८ र ८:०१ मा पुन: ४.३ र ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो ।भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन । भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *