ब्रिटेनका राजकुमार फिलिपको निधन

बकिङ्घम दरबारले राजकुमार फिलिप, द ड्यूक अफ एडिनबराको ९९ वर्षको उमेरमा देहान्त भएको घोषणा शुक्रवार गरेपछि विश्वका नेताहरूले ब्रिटिश राजपरिवारप्रति समवेदना प्रकट गरेका छन्। स्वीडनदेखि भारत र न्यूजील्यान्डसम्मका राजाहरू, राष्ट्रप्रमुखहरू, पूर्व र वर्तमान प्रधानमन्त्रीहरूले राजकुमारप्रति सम्मान व्यक्त गरिरहेका छन्। ड्यूक अफ एडिनबरा महारानीका सयौँ विदेश भ्रमणमा साथ रहन्थे। ड्यूकको पूर्व र वर्तमान युरोपेली शाही परिवारसँग रगतको नाता थियो र ती परिवारका कैयौँ सदस्यहरूले समवेदना प्रकट गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *