ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नकf लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उहाँले बताउनुभएको छ ।देशमा चलेको राजनीतिकf कारण ब्राजिलमा यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनुपरेको विज्ञहरुको भनाइ छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावका लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथल भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए ।
Related Posts
बलात्कारको झुटो बयान दिने तीन जना थुनामा
- Editor
- February 5, 2021
- 0
सामूहिक बलात्कार गरेको झुटो बयान दिएर अरुलाई फसाउन खोज्ने ओखलढुंगाकी १७ वर्षीया किशोरीसहित ३ जनालाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ […]
ब्रिटानिया न्यूट्रीचॉइस ले अबीर चटर्जी संग एक अभियान को शुरूआत गर्यो
- Editor
- September 28, 2021
- 0
ब्रिटानिया इन्डस्ट्रीज लिमिटेडले बंगाली सुपरस्टार अबीर चटर्जीको साथमा आफ्नो न्यूट्रीचॉइस शुगर फ्री क्र्याकर दायराको लागी नयाँ ‘स्न्याकर क्र्याकर’ अभियान शुरू गरेको छ। ब्रान्डको नयाँ टीभीसी […]
चीनमा बाढीले ३ करोड ७८ लाखभन्दा बढी प्रभावित
- Editor
- July 14, 2020
- 0
वुहान — बाढीका कारण गत जुन महिनादेखि चीनका २७ प्रान्तमा आएको बाढीमा १४१ जना चिनियाँ बेपत्ता छन् । जसमध्ये कतिपयको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । […]