ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन्।यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ।

अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको देशको अन्तरिक्ष निकाय आइएनपीइ ले जनाएको छ।आइएनपीइ ले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर को जङ्गल सखाप भएको देखिएको छ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *