बोइङ-७७७ नउडाउन सुझाव

अमेरिकी विमान निर्माता कम्पनी बोइङले–७७७ मोडलका विमान नउडाउन सुझाव दिएको छ । बोइङले शनिबार डेनभरमा दुर्घटनाबाट जोगिएको जस्तो इन्जिन भएका विमानको परीक्षण गरिने र त्यसपछि मात्रै निर्णय लिइने जनाएको छ 

त्यस्ता विमानहरू १ सय २८ रहेका जनाइएको छ । युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमानको दायाँतर्फको इन्जिनमा शनिबार समस्या आएपछि अमेरिकाको डेनेभरमा इन्जिनका टुक्राहरू खसेका थिए । त्यसलगत्तै चालकले विमानलाई आपत्कालीन अवतरण गर्न सक्षम भएका कारण ठूलो दुर्घटनाबाट जोगिएको थियो । होनोलुलुका लागि उडेको विमानमा २ सय ३१ जनाले यात्रा गरिरहेका थिए ।

युनाइटेड एयरलाइन्स र जापानका दुई विमान कम्पनीले त्यस्तै अर्थात् ‘प्राट एन्ड ह्वाइटने–४०००’ इन्जिन भएका ५६ वटा विमान प्रयोग गर्न छाडिसकेको जनाएका छन् । ‘छानबिन जारी रहेको अवस्थामा हामी ६९ वटा सेवा दिइरहेका र ५९ वटा रोकिराखिएका ७७७ विमानलाई प्रयोगमा नल्याउन आग्रह गर्दछौं,’ बोइङले विज्ञप्तिमार्फत जनाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार अमेरिकामा हाल युनाइटेड एयरलाइन्सले मात्र उक्त विमानको प्रयोग गर्दै आएको छ ।

त्यसबाहेक उक्त विमान प्रयोगमा ल्याउने कम्पनी जापान र दक्षिण कोरियाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *