बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइनेछ ।उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।
Related Posts
बन्धन बैंक 5 बर्षमा प्रबेस
- Editor
- August 24, 2020
- 0
बन्धन बैंक, भारतको कान्छो युनिभर्सल बैंकले 23 अगस्त 2020. मा पाँच सफलतापूर्वक सञ्चालन गर्ने भएको छ । जुन 2015 मा बन्धन समूहलाई रिजर्भ बैंक अफ […]
सिक्किम यूनिट, डीओटी, डब्ल्यूबीएलएसए द्वारा आयोजित वेबिनार
- Editor
- October 27, 2021
- 0
भारत स्वतन्त्रता को ७५ औं वर्ष आजादी को अमृत महोत्सव को रूप मा मनाईरहेको छ र यो सेवा स्तरीय अवसर मनाउन र सेवाको उत्तम गुणस्तर […]
चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही
- Editor
- May 8, 2021
- 0
भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि […]