दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन्। सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।
इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्। संसद्मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, “हामी फेरि फर्किने छौं।” मतदान सकिएपछि बेनेटतर्फ हिँडेर गएका उनले प्रधानमन्त्री निर्वाचित उनीसँग हात मिलाएका थिए। तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरेलको नयाँ सरकारलाई खासै चासो नदिने किसिमको प्रतिक्रिया जनाएका छन्। “यो इजरेलीहरूको आन्तरिक मामिला हो। हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,” प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने।