अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन् ।अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् ।
Related Posts
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ
- Editor
- April 16, 2021
- 0
प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमणको पुष्टि भएको छ […]
सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत
- Editor
- January 1, 2021
- 0
चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ। उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका […]
म्यान्मारबाट भागेका प्रहरी फर्काउन भारतलाई आग्रह
- Editor
- March 8, 2021
- 0
म्यान्मार सरकारले फेब्रुअरी १ को सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ । आफ्नो निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत […]