बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड

अवैध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले कंगनाको अफिस भत्काउने प्रयास गरेको हो । हाललाई भत्काउने कार्य रोकिएको बताइएको छ ।उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले ‘डेथ अफ डेमोक्रेसी’ लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *