बलिउडमा कोरोना संकट

पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन्।

पहिलो लहरमा अमिताभ बच्चन कोरोना संक्रमित भएका थिए। अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी संक्रमित भएका हुन्।

चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ। अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *