जाडो मौसममा फुलबारी महानन्द ब्यारेजमा हजारौं प्रवासी चराहरू आउँछन्। यी चरालाई शिकारीबाट जोगाउन वन विभागले विशेष व्यवस्था गरेको छ । घोषपुकुर वन विभागको तर्फबाट प्रवासी चराहरूको संरक्षणका लागि सिलगढी शहर नजिकैको फुलबारी महानन्द ब्यारेजमा बन्दुकधारी वनकर्मीहरू तैनाथ गरिएको छ। गएरातिदेखि नै वनका कर्मचारीले आप्रवासी चराको सुरक्षाका लागि निरन्तर गस्ती गरिरहेका छन् ।यससँगै सिकारीले प्लाष्टिकको पातलो धागोले बिछ्याएको जालबाट चरालाई जोगाउन वन विभागले विशेष पहल गरिरहेको छ । घोषपुकुरका रेन्ज अधिकृत सोनम भुटियाले हिउँदअघि नै यस फुलबारी ब्यारेजमा ठूलो संख्यामा चराचुरुङ्गी आउने गरेको बताए । चोरी शिकारीका कारण यो संख्या क्रमशः घट्दै गएको छ । चराहरु ब्यारेजमा नरहुन्जेल यो अभियान जारी रहने उनले बताए ।
Related Posts
इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य
- Editor
- May 21, 2021
- 0
युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्। गाजामा विजयोत्सव […]
भारतीय छोरी, नेपालकी बुहारीको नेपाली भाषा मोह
- Editor
- March 15, 2021
- 0
विवाह गरेर भारतका विभिन्न स्थानबाट नेपालमा आएका महिलाहरूले नेपाली भाषाको प्रशिक्षण लिन थालेका छन्। नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई […]
नेकपाभित्र कस्तो राजनीतिक मान्यता स्थापित गर्ने भन्ने बहस हो : दाहाल
- Editor
- December 12, 2020
- 0
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको बताएका छन् । संविधानले संघीय […]