बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

 बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ  । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *