फातिमा सना शेख ट्विटरमा सबै गलत कारणहरूको लागि ट्रेन्ड भई रहेकि छिन

अभिनेता आमिर खान र निर्माता किरण रावले शनिबार छुट्टिने घोषणा गरेपछि मानिसहरूले ट्विटरमा मीमहरु शेयर गर्न थाले। १५ वर्ष भइसकेको यस जोडीको एक छोरा छन आजाद राव खान । यो पहिलो पटक होइन जब अभिनेताले सम्बन्धविच्छेद गर्दैछन्, उनीले पहिले १५ वर्षसम्म रीना दत्तासँग बिहे गरेका थिए र उनले आफु भन्दा निकै स्यानो उमेरको फिल्म असिस्टेंट किरण रावलाई बिहे गर्न आफ्नो पहिलो स्वास्नीलाई डिवोर्स दिएका थिए।

फातिमा सना शेख जोडीको बिछोडको खबरको बिचमा किन ट्रेन्ड भैरहेकि छिन?
कारण यस्तो रहेको छ:
२०१६ मा, आमिर खानले उनको दंगल को सह-कलाकार फातिमा सना शेख सित सम्बन्धमा भएको कुरा हल्ला हुन थाल्यो जब उनीहरुलाई धेरै चोटी एकसाथ देखिनु थाल्यो। संयोगवश, फथिमा शेख, जसले खेलकुद नाटक ‘दंगल’ मा उनको छोरीको भूमिका सशक्त गरिसकेका थिए, उनी आमिरसँग यताउता घुम्न गएको तस्वीरहरु सोशल मेडियामा निकै ट्रेन्ड हुन थाल्यो। आमिरले उच्च बजेट वाईआरएफ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को लागि फातिमालाई पिच गर्दा अफवाहहरूले त्यसपटक अझ बढी गति पकडियो। ट्विटराटिहरू विश्वस्त छन् कि फातिमा सना जोडीको विभाजन हुनुको कारण हो त्यसैले उनी अमीर र किरणले छुट्टिएर जाने घोषणा गरेपछि ट्विटरमा ट्रोल भइरहेकी छिन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *