प्रहरीको पहलमा रक्तदान तथा आँखा जाँच शिविर सम्पन्न

इस्लामपुर प्रहरी जिल्लाको पहलमा इस्लामपुरको टाउन लाइब्रेरी हलमा रक्तदान, आँखा जाँच शिविर आयोजना गरिएको छ । जिल्लाका प्रहरी उपरीक्षक विशप सरकारले मानव रगतले मात्रै रगतको अभाव पूरा गर्न सकिने बताए । त्यसैले प्रहरीले रक्तदान शिविर आयोजना गरेको हो । जिल्लाका विभिन्न प्रहरी चौकीमा प्रहरी प्रशासनले नियमित रुपमा यस्ता रक्तदान शिविर आयोजना गर्दै आएको प्रहरी उपरीक्षकले जानकारी दिए ।

यसका साथै प्रहरी प्रशासनले नियमित आँखा जाँच तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । आजको शिविरमा इस्लामपुर प्रहरी चौकीका प्रहरी कर्मचारीले रक्तदान र आँखा परीक्षणको व्यवस्था गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *