प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव दाहाल-नेपाल समूहको बैठकबाट पारित

नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । बबरमहलमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आइतबार भएको संसद् विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो ।

आन्दोलनका स्वरुप भने बुधबार कांग्रेस लगायत दलसँग छलफल गरेर तय गर्ने र पर्सिको बैठकपछि आन्दोलन अगाडि बढाउने नेकपाले जनाएको छ ।

यस्तै भोलि १ बजे संसदीय दलको बैठक पनि आह्वान गरिएको छ । मंगलबारको केन्द्रीय कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सांसद तथा कैलालीका नेता दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *