पोर्चुगल च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गर्ने सशक्त दाबेदार बनेको छ

युरोपेली फुटबल सङ्घ(युइएफए), बेलायत सरकार र फुटबल सङ्घले सोमबार चेलसी र म्यान्चेष्टर सिटीबीचको उपाधिको खेल इस्तान्बुलबाट सार्ने विषयमा छलफल गरेको छ । छलफलको क्रममा पोर्चुगलको लिस्बन शहर च्याम्पियन्स लिगको फाइनल आयोजना गर्न सक्ने विषयमा समेत चर्चा भएको थियो । तर सहमति भइसकेको छैन ।
बेलायत सरकारले टर्कीलाई यात्रा गर्न नहुने सूचीमा सूचीकृत गरेपछि युईएफएले च्यापिम्यन्स लिगको फाइनल सार्ने निर्णयमा पुगेको छ । २९ मईमा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ । खेल वेम्ब्लीमा समेत हुनसक्ने सम्भावना जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *