पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन

पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ लाख रुपैयाँ तुरुन्त वितरण गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरूले प्रदर्शनका क्रममा ‘सरकार, हामीलाई हाम्रा नाममा देश विदेशबाट आफन्तले दिएको रकम नदिने ?’, ‘हामीले सरकारी पैसा मागेका होइनौं, ६ वर्ष पहिले हामीलाई जनताले दिएको चन्दा मागेका हौं’ नारा लगाउननुका साथै ब्यान प्रदर्शन गरेका थिए ।

२०७१ सालमा सुनकोसी नै थुनिने गरी गएको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

६ वर्षअघि जुरे पहिरोपीडितका नाममा संकलित रकम अन्यत्र कतै खर्च नभए पनि पीडितका नाममा कहाँबाट कति पैसा संकलन भयो भन्ने जानकारी पनि पीडित परिवारलाई सरकारले जानकारी गराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *