संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतङ्कवादको विषयमा विवाद भएको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रवारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मू-कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए।उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए।