पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ ।
६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बस्नुभएको” स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गर्नुभएको छ । राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहनुभएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । दुई दिन अघि मात्रै उहाँले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको बीबीसीले उल्लेख गरेको छ।
महामारीमा पाकिस्तानमा छ लाख २३ हजार १३५ जना सङ्क्रमित भएका छन् । १३ हजार ७९९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *