नेपाल मा चीनी प्रतिनिधिमण्डली

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन्।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका ढकालले बीबीसीलाई भने: “नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने वहाँहरूको छलफलमा देखिएको थियो।”

सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पार्न खोजेको ढकालले बताए।

आइतवार राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *