नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ । यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ । कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *