नायिका दिया मिर्जाले आजकाल निकै चर्चा बटुलिरहेकी छिन् र उनी लगातार ट्रेन्ड हुने सिलसिला पनि जारी छ ।

हालै नायिकाले आफ्नो बेबी बम्प देखाउँदै एउटा फोटो सेयर गरेकी थिइन् । अब यसैबीच दिया मिर्जाको एउटा किस्सा पनि सबैको नजरमा परेको छ । यो किस्सा यस्तो हो जसमा दीयाबाहेक उनकी आमा पनि समावेश छिन् र यससँग नायक सलमान खानको पनि विशेष सम्बन्ध छ । 

दीया मिर्जालाई विश्वास गर्ने हो भने एक समय यस्तो थियो जब सलमान खानका कारण उनकी आमाको ज्यान बच्न सकेको थियो । सलमानको मद्दतका कारण नै उनले समयमा आफ्नी आमाको उपचार गराउन सकेकी थिइन् । केही वर्ष अघि एक समाचार पोर्टललाई दिएको अन्तरवार्तामा दियाले भनेकी थिइन्, ‘एकपटक मेरी आमा बेहोस हुनुभएको थियो । मैले तुरुन्त सलमानलाई फोन गरेँ किनभने उनी मेरो घर नजिकै बस्दथे । उनकै कारण मैले समयमा नै आफ्नी आमालाइृ अस्पताल पुर्याउन सकेँ । डाक्टरले आमालाई १५ मिनेटभित्र भर्ना नगरेको भए उनको ज्यान बचाउन मुश्किल हुने थियो भनेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *