नरेन्द्र मोदीले शिलान्यास र पूजा गर्दा देखिएका नेपालसम्बन्धी तीन कुरा

हिन्दू धर्वालम्बीले विष्णुको अवतार मान्ने भगवान् रामको जन्मस्थल मानिएको अयोध्यामा बुधवार राम मन्दिर निर्माण गर्न भूमिपूजन तथा शिलान्यास सम्पन्न भयो।केही सय वर्षदेखि मस्जिद भएको उक्त स्थानमा राम मन्दिर बनाउने विषय वर्षौँदेखि विवादमा थियो।गत वर्ष भारतको सर्वोच्च अदालतको निर्णयपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक विधिपूर्वक मन्दिर निर्माणको काम आरम्भ गरेका हुन्।विभिन्न कारणले नेपाल र भारतबीच कटुता उत्पन्न भएको बेला मोदी नै प्रमुख कर्ता भएको उक्त धार्मिक समारोहमा नेपालसम्बन्धी तीनवटा रोचक कुरा देखियो।

कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामलाई विभिन्न देशमा पूजा गरिने सन्दर्भ बताए।त्यही प्रसङ्गमा उनले रामको नेपालसँग विशेष सम्बन्ध भएको स्मरण गरे।उनले भने, “नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकीसँग जोडिएको छ।”कालापानी क्षेत्रको स्वामित्वबारे नेपाल र भारतबीच विवाद उत्पन्न भएकै बेला गत महिना नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामको वास्तविक जन्मभूमि नेपालको ठोरीमा रहेको टिप्पणी गरेपछि अर्को विवाद सिर्जना भएको थियो।मोदीले अहिले अयोध्यामा दिएको यो अभिव्यक्तिलाई सम्बन्ध सुधारका लागि अर्थपूर्ण मान्न सकिने केही विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *