दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल २६ तारिकसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । पछिल्लो समय निरन्तर कोरोना सङ्क्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न र एक हप्ताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गर्नुभएको भारतीय समाचार संस्था अाजतकले जनाएको छ ।
साथै उहाँले लकडाउन अवधिभर अत्यावश्यक सेवा भने सञ्चालन हुने बताउनुभयो । विवाह, मेट्रो, बस, बैंक, एटीएम र धार्मिक स्थल खुल्ला हुने बताउनुभएको छ । तर, ५० जनाभन्दा धेरै भेला हुन नपाइने उहाँको भनाइ छ ।
पछिल्लो केही सयमयता दैनिक २५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिइरहेको भन्दै सो निर्णय गर्न जरुरी रहेको दिल्लीका मुख्यमन्त्री केजरीवालले बताउनुभएको छ । यो लकडाउनले कोरोना सङ्क्रमण अन्त्य नभए पनि सङ्क्रमण दरमा केही मात्रामा भए पनि कमी आउन सक्ने उहाँले बताउनुभयो ।