नयाँदिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने

कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् ।‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *