भारतीय प्रहरीले केही महिनाअघि राजधानी दिल्लीमा भएका धार्मिक दङ्गाका क्रममा “गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन” गरेको आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले लगाएको छ ।उक्त संस्थाले आफ्नो प्रतिवेदनमा भारतीय प्रहरीले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको, हिरासतमा लिइएका व्यक्तिहरूलाई यातना दिएको र कुनैकुनै घटनामा हिन्दूवादी दङ्गाकारीहरूको साथ लागेर दङ्गामा सहभागी समेत भएको जस्ता कुराहरू उल्लेख गरेको छ ।
नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनलाई लिएर त्यस बेला हिन्दू र मुस्लिम समुदायका मानिसहरूबीच भिडन्तहरू हुँदा भारतमा ४० जनाभन्दा बढीको ज्यान गएको थियो ।एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार उक्त दङ्गाका क्रममा मुस्लिमहरूतर्फ क्षति भएको थियो।