दार्जीलिङमा चुनावी सभामा भाषण गर्दै नेपालीहरूको हितमा पार्टीले लड्ने बताएका छन् ।

नेपालीहरूको सम्मानका लागि भाजपा जोसँग पनि लड्न तयार छ अमित शाह, भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले सोमवार दार्जीलिङमा चुनावी सभामा भाषण गर्दै नेपालीहरूको हितमा पार्टीले लड्ने बताएका छन् ।  उनले भने, ‘जुन गोर्खा भाइ यहाँका हुन् अनि जुन नेपाली भाइहरू नेपालबाट आएका छन्, ती सबै मेरा आफ्ना हुन्, मेरा भाइ हुन् । कसैले तपाईंलाई तर्साउन खोज्यो भने नतर्सिनुस् । गोर्खा र नेपालीहरूको सम्मानका लागि भारतीय जनता पार्टी जोकोहीसँग पनि लडाइँ गर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *