दक्षिण कोरियासँग उत्तर कोरियाका नेताले किन मागे माफी?

उत्तर कोरियाका नेता किम जङ-अनले एउटा घटनामा व्यक्तिगत रूप दक्षिण कोरियासँग क्षमायाचना गरेको सोलले जनाएको छ। उत्तर कोरियाली नेताले बिरलै त्यसरी माफ माग्छन्।किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे-इनलाई एउटा पत्र पठाउँदै उत्तर कोरियाको जलसीमामा छिरेका दक्षिणका एक नागरिकलाई मारिएको “लज्जाजनक घटना” हुनु हुँदैनथ्यो भनेको बताइएको छ।

सोलका अनुसार ४७ वर्षीय एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले फेला पारेपछि गोली हानी मारेका र उनको शव जलाइदिएका थिए।उक्त घटना सार्वजनिक भएपछि दक्षिण कोरियामा आक्रोश उत्पन्न भएको छ।

दुई देशबीचको सीमा कडा सुरक्षा व्यवस्था हुन्छ। उत्तर कोरियाले देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले “गोली हानेर मार्ने” नीति लागु गरेको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *