तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले यति बेला देशका पहाडी भू-भागमा बाहेक मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको विभागको भनाइ छ ।   

मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

यस्तै, तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

मंगलबार राति सदूरपश्चिम प्रदेश र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *