ठूलो पर्दाबाट सानो पर्दामा ओर्लिँदैछन् बलीवुड चलचित्र

यो गर्मी याम भारतमा निकै नै असामान्य रह्यो। कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द भएका चलचित्रघरमा दशौँ लाख फिल्म प्रशंसक भारतीयहरू आफ्ना प्रिय चलचित्र हेर्न जान पाएनन्।

तर घरभित्र थुनिएका परिवारहरूका निम्ति अनलाइनमार्फत् मनोरञ्जनका सामग्री पस्किने स्ट्रीमिङ प्ल्याटफर्महरूले यो रिक्तता पूर्ति गर्ने ठूलो प्रयास गरे।

यस अवधिमा आफ्ना नोक्सानी घटाउन कैयौँ चलचित्रहरूले ठूला हलको साटो सानो पर्दामा नै तिनका फिल्म रिलीज गरेका छन्। नेटफ्लिक्स, अमेजनको प्राइम भिडिओ तथा डिस्ने+हटस्टारजस्ता स्ट्रीमिङ सेवा प्ल्याटफर्मका निम्ति बनाइने फिल्म वा सिरिजका निम्ति बलीवुडका हस्तीहरूले एकपछि अर्को चाहना देखाएका छन्।

हुन त महामारी अगावैदेखि ठूलो पर्दा र सानो पर्दाको दूरी मेटिने क्रम सुरु भइसकेको थियो। सिनेमाघरका मालिकहरूमा विस्मय जन्माउनेगरी महामारीले पहिल्यैदेखि बिस्तारै हुन थालेको रूपान्तरणलाई तीव्र गति प्रदान गरेको छ।

फलस्वरूप फिल्म पत्रकार असीम छाब्रा भन्छन्, “अहिले आएर बलीवुडले यो रूपान्तरणमा सहभागी हुन दौडिनुपरेको छ, आफूलाई बदल्नु परेको छ र कतिपय मामिलामा त सम्झौता समेत गर्नुपरेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *