ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द प्रतिबन्धित

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक रूपमा निन्दा गरेका छन्।युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।

आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *