आईआईएम शिलांगबाट आकाश वर्मा टाटा क्रूसिबल क्याम्पस क्विज २०२१ को क्लस्टर २४ फाइनलमा विजयी भए, जुन क्याम्पसहरूको लागि भारतको सबैभन्दा ठूलो व्यावासायिक क्विजको पहिलो अनलाइन संस्करण हो।
मेघालय, त्रिपुरा, मणिपुर र मिजोरम क्षेत्रलाई प्रतिनिधित्व गर्ने क्लस्टर २४ फाइनल एक रोमाञ्चक क्विज थियो, सहभागीहरूले उनीहरूको छिटो सोचाइ र तीब्र प्रश्नोत्तरी क्षमता प्रदर्शन गरे । नामित क्विजमास्टर ‘पिकब्रेन’ गिरी बालासुब्रमण्यम आफ्नो मास्टरी, अद्वितीय र विचित्र शैलीका लागि परिचित छन्। विजेताले ३५००० हजार को नगद पुरस्कार लिए र अब जोनल फाइनलमा राष्ट्रिय फाइनलको लागि योग्य हुन प्रतिस्पर्धा गर्नेछन्। इंडियन इंस्टीट्यूट ऑफ मैनेजमेंट (आईआईएम) शिलांगका उत्कर्ष सिंह उपविजेता घोषित भएर १८००० रुपैयाँ जिते ।
क्याम्पस क्विजको अनलाइन संस्करणका लागि, देश २४ क्लस्टरमा विभाजित गरिएको छ र दुई स्तर अनलाइन प्रिलिम्स पछि, वाईल्ड कार्ड फाइनलका लागि प्रत्येक क्लस्टरबाट शीर्ष १२ फाइनलिस्टहरूलाई आमन्त्रित गरिनेछ जसबाट शीर्ष ६ फाइनलिस्टहरू २४ अनलाइन क्लस्टर फाइनल मा प्रतिस्पर्धा गर्नेछन्। यी २४ क्लस्टर्सलाई थप चार जोनमा समूहबद्ध गरिएको छ र प्रत्येक जोनमा ६ क्लस्टरहरू हुनेछन्। चार जोनल फाइनलका विजेताहरू प्रत्यक्ष रूपमा राष्ट्रिय फाइनलको लागि योग्य हुनेछन्। अन्त मा ६ फाइनलिस्ट राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्कोररलाई राष्ट्रिय च्याम्पियनको ताज दिइनेछ जसले टाटा क्रूसिबल ट्रॉफी सहित २.५ लाख रुपये को ठूलो नगद पुरस्कार पुरस्कार पाउने छन।